‘पाँचथरीका-बैंक-चाहिन्छ-कि-चाहिँदैन-भन्ने-बहस-हुनुपर्‍यो’

५ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एउटा पुरानो रोग छ, सञ्चालक र व्यवस्थापकबीचको अन्तरद्वन्द्व । एकाध बैंकलाई होइन कि यो रोगले समग्र बैंकिङ क्षेत्रलाई नै सताएको छ ।

बैंकिङ क्षेत्रका जानकारहरु प्रायः सञ्चालकले अनावश्यक ‘टार्गेट’ दिँदा सीईओ दवावमा पर्ने र समस्या पैदा हुने बताउँछन् । कतिपय अवस्थामा भने सीईओको मनपरीका कारण पनि सञ्चालक रुष्ट हुने गरेका उदाहरणहरु छन् ।

सञ्चालक र सीईओबीच मनमुटाव हुँदा धेरै बैंकरहरुले पुरा कार्यकाल बैंकमा काम गर्न पाएका छैनन् । तर एनएमबि बैंकमा भने अवस्था अलि फरक छ । यसमा सञ्चालक र सीईओको लफडा सुनिएको छैन ।

यस बैंकका अध्यक्ष चर्चित उद्योगी पवन गोल्यान हुन् । बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकहरुको संगठन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका गोल्यानले बैंकको नेतृत्व गरिरहदा कार्यकारी जिम्मेवारी भने सुनिल केसीले निभाइरहेका छन् ।

एनएमबि बैंकको प्रधान कार्यालय बबरमहलमा हामीले अध्यक्ष गोल्यान र सीईओ सुनिल केसी दुबैलाई एकसाथ भेट्यौं । दुबैजना सँगै बसेर अन्तरवार्ता दिन तयार भए । अध्यक्ष गोल्यानलाई केही नीतिगत प्रश्नहरु राखियो भने बैंकका सीईओ केसीसँग समग्र बैंकिङ क्षेत्रको अवस्था र एनएमबि बैंकका विषयमा पनि जिज्ञासाहरु राख्यौं ।

पछिल्लो समय एनआईसी एसिया र एनएमबि बैंक मर्जरमा जाने विषयमा चलिरहेको हल्ला सत्य नभएको उनीहरुले बताए । प्रस्तुत छ,

 » पुरा समाचार पढ्नुहोस