७ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकास्थित गांगुली आइसोलेसनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमलाई प्रादेशिक अस्पताल फिर्ता बोलाइएको छ ।
सरसफाइ कर्मचारीलाई ज्वरो नाप्न पठाएर आफू आराम गरेको आरोप लागेको एक चिकित्सक, पारामेडिक्स र सरसफाइकर्मीलाई फिर्ता बोलाएको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड- १९ का संयोजक डा. जामुन सिंहले जानकारी दिए ।
शनिबार यो आइसोलेसनमा सरसफाइको काम गर्ने एक कर्मचारीलाई थर्मल गन दिएर बिरामीको ज्वरो नाप्न पठाइएको थियो । ज्वरो नाप्न गएका ती कर्मचारीले आफूलाई डाक्टरले नै पठाएको बताएका थिए । उनले कति तापक्रम ठीक हो भन्ने पनि आफूलाई थाहा नभएको बताएका थिए ।
सफाइ कर्मचारी ज्वरो नाप्न आइसोलेसनभित्र पुगेको भिडियो सार्वजनिक भएपछि कोभि-ड १९ का संयोजक डा.