पुजारी-हत्याको-घटनामा-गृहको-सर्कुलरमाथि-११-संघ-संस्थाको-आपत्ति

१२ भदौ, काठमाडौं । रौतहटस्थित एक मन्दिरका पुजारीको हत्यालाई लिएर विभिन्न ११ वटा धार्मिक संघ-संस्थाले साझा विज्ञप्ति जारी गरी विरोध जनाएका छन् ।

साथै, सो घटनाका सन्दर्भमा गृह मन्त्रालयले मातहतका निकायमा जारी गरेको परिपत्रमाथि पनि उनीहरुले आपत्ति जनाएका छन् ।

गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो ।

गृह मन्त्रालयले सो घटनालाई लिएर हुने विरोध प्रदर्शनलाई नियन्त्रण गर्न भनि मातहतका निकायलाई परिपत्र गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यसले समग्र सनातन धार्मिक क्षेत्रप्रति सरकार निरंकुश भएको प्रतित भएको छ,’ विज्ञप्तिमा भनिएको छ,

 » पुरा समाचार पढ्नुहोस