चन्द्रागिरि-नगरपालिकाका-अधिकृत-एक-लाख-घुससहित-पक्राउ

१९ माघ, काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गरे पनि विस्तृत विवरण आइनसकेको अनलाइनखबरलाई बताए ।

 » पुरा समाचार पढ्नुहोस