प्रवाशी-नेपालीहरुलाई-वित्तीय-साक्षरता-जगाउँदै-प्रभु-बैंक

१९ माघ, काठमाडौं । प्रभु बैंकले यूके एड डीएफआइडीअन्तर्गत संचालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एड्भाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न प्रवाशी नेपालीहरुलाई लक्षित गरी दुई दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न पेशा र व्यवसायमा आबद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब दुई सयजना प्रवासी नेपालीहरुको उपस्थिति रहेको उक्त दुई दिने वित्तीय साक्षरता एवं अन्र्तक्रियात्मक कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्पmत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको थियो ।

उक्त अवसरमा सहभागीहरुबाट अन्तरक्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली,

 » पुरा समाचार पढ्नुहोस