बालुवाटारको-जग्गा-व्यक्तिको-नाममा-सार्ने-मन्त्रिपरिषदको-निर्णय-झिकाउन-आदेश

१९ माघ, काठमाडौं । उच्च अदालत पाटनले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सार्ने विभिन्न निर्णय झिकाउने आदेश दिएको छ ।

सरकारले अधिग्रहण गरिसकेको जग्गा व्यक्तिको नाममा फिर्ता दिने २०४७ जेठ १४, जेठ १७, साउन ८ र भदौ ३ गतेको मन्त्रिपरिषदको निर्णय प्रतिलिपिसहित झिकाउन उच्च अदालतले आदेश दिएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुंगेलको इजलासले प्रधानमन्त्री निवास विस्तार गुरुयोजना अन्तर्गतको विभिन्न कित्ता जग्गा व्यक्तिको नाममा सोध भर्ना स्वरुप उपलब्ध गराउने २०६६ चैत २९ र २०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषद बैठकको निर्णय झिकाउन पनि आदेश दिएको छ ।

त्यस्तै मालपोत कार्यालय डिल्लीबजारबाट मोहीलाई सोधभर्ना दिने भनी २०६७ कात्तिक १६ गते भएको निर्णय,

 » पुरा समाचार पढ्नुहोस