२० भदौ, रौतहट । होम आइसोलेसन हटाउन देवाहीगोनाही नगरपालिकामा जय किसान पोलिटेक्निकल क्याम्पसमा २६० बेडको आइसोलेसन सेन्टर बनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र संयक्त निर्णय अनुसार भदौ पहिलो साता क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो । आइसोलेसन सेन्टर बनाउन वृन्दावन नगरपालिकाले ३०० बेड उपलब्ध गराएको थियो भने अन्य पालिकाले सहयोग गरेका थिए ।
आइसोलेसन सेन्टर बनेपछि संक्रमितहरुलाई ल्याउन भने कसैले पनि चासो दिएका छैनन् ।
आइसोलसनमा शनिबार १२ जना संक्रमित छन् । रौतहटमा दुई दिन पहिले बिहिबार मात्रै ३५ जना र शुक्रवार २३ संक्रमित थपिएका छन । थपिएका संक्रमितहरुलाई स्थानीय पालिकाले आइसोलेसनमा पठाउन पहल गरेका छैनन् । संक्रमितलाई आइसोलेसनमा पठाउन भने पनि पालिका प्रमुखहरु नमानेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन डा.