क्लासिक-टेकको-इन्ट्रानेट-सेवा-पश्चिमको-बझाङ्ग-बाजुरादेखि-पूर्वमा-ताप्लेजुङ्गसम्म

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तार गर्ने क्रमलाई तिब्रता दिएको छ । कम्पनीले अहिलेको विषयम परिस्थितिमा इन्टरनेट सेवाका साथै विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

क्लासिक टेकले पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म आफ्नो इन्ट्रानेट सेवा बिस्तार गरेर सेवा उपलब्ध गराएको छ । यी क्षेत्रहरुसम्म सेवा बिस्तार गर्नु निकै कठिन र चुनौतीपूर्ण रहँदै आएको कम्पनी बताउँछ ।

इन्ट्रानेट सेवा विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको लागि निरन्तर मागअनुसार जडान गर्दै आएको छ । लकडाउनको समयमा पनि निरन्तर जडान र ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलि मेडिसिन सेवामा पनि कम्पनी यो सेवा उपयोग गर्न सकिन्छ । देशका दूर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ । यसको लागि क्लासिक टेकको गुणस्तरीय र भरपर्दो सेवाले टेलिमेडिसिन सेवालाई विश्वसनीय बनाउनेछ ।

पीसीआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र आएपछि पनि पुनपीसीआर गराउने गरेको हुँदा निकै सुरक्षित वातावरणमा सेवा दिईरहेको छ । कम्पनीले पैदल नै जानुपर्ने स्थानहरु तथा संस्थाहरुमा पनि सेवा उपलब्ध गराएको छ ।

‘हामीले अहिलेको कठिन परिस्थितीमा कतिपय स्थानहरुमा भोकै बसेर र घण्टौं पैदल हिँडेर समेत सेवा चाहिएको स्थानमा इन्ट्रानेट सेवा उपलब्ध गराउँदै आएका छौं,

 » पुरा समाचार पढ्नुहोस