गण्डकी-प्रदेशसभा-सचिवमा-पोखरेल-नियुक्त

२२ भदौ, पोखरा । गण्डकी प्रदेशसभाको सचिवमा अधिवक्ता हरिराज पोखरेल नियुक्त भएका छन् ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबार पोखरेललाई नियुक्त गरेका हुन् । पोखरेललाई सोमबार सभामुख नेत्रनाथ अधिकारीले सचिवालयमा पद तथा गोपनीयताको सपथ गराएका छन् ।

नेपालको संविधानको १९५ को उपधारा १ ले सभामुखको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको सचिव नियुक्त गर्न सक्ने व्यवस्था छ । पहिलो संविधान सभाको निर्वाचनपछि तत्कालीन माओवादीमा प्रवेश गरेका पोखरेलले प्रदेशसभामा नेकपाको बहुमत रहेका बेला प्रदेश सभाको सचिवको जिम्मेवारी पाएका हुन् ।

पोखरेलले लामो समयदेखि पोखरामा रहेर वकालत गर्दै आएका छन् भने छोरेपाटन उच्च माविमा कक्षा ११ र १२ लाई पनि पढाउँदै आएका थिए । उनी सभामुख अधिकारी,

 » पुरा समाचार पढ्नुहोस