अस्पतालले-भर्ना-नलिएपछि-उपचारको-माया-मारेर-गाउँ-फर्काइए-वृद्ध

२५ भदौ, विराटनगर । रक्तचाप बढेर एक्कासी बेहोस भएका खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–६ का ८१ वर्षीय वृद्ध डिगबहादुर राईलाई आफन्तले उपचारका लागि विराटनगर ल्याए ।

१९ भदौ साँझमा दिक्तेलबाट एम्बुलेन्समा हिँडेका उनीहरु राति करिब साढे ११ बजे विराटनगर आइपुगे । उपचार पाउने आसमा आएका डिगबहादुरको त्यसपछि सुरु भयो अस्पतालको चक्कर ।

आफन्तका अनुसार राईलाई पाँचवटा अस्पताल लगियो । तर कुनैमा पनि भर्ना हुन पाएनन् । भर्ना नभएपछि विराटनगर महानगरपालिका– ११ मा रहेका आफन्तको घरमा राखे । घरबाट आफन्त बिके चाम्लिङ राईले पाँच दिनसम्म अस्पताल भर्ना गराउने प्रयास गरे । तर भर्ना हुन नपाएपछि अवस्था बिग्रदै गयो । अचेत अवस्थामा नै राईलाई बुधबार बेलुका हेलिकप्टर चार्टर गरेर घर फर्काइयो ।

अस्पतालमा भर्ना गराउन नसकेपछि बुधबार बेलुका घर फर्काइएको चाम्लिङले बताए । ‘पाँचवटा अस्पतालले भर्ना गर्न मानेनन्,

 » पुरा समाचार पढ्नुहोस