मुख्यमन्त्रीकी-श्रीमती-हुँ-भन्ने-युवतीले-मुद्दा-फिर्ता-लिइन्

३१ भदौ, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् ।

आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको भन्दै वालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।

आफूलाई विपक्षी शेरधन राईले रिलेसनमा बसौं भनेको बताउँदै बालिकाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा राईबाट अंश मागदाबी गरेकी थिइन् ।

युवतीको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ ।

मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिकरुपमै लगाउँदै आएकी खड्काले बुधबार जिल्ला अदालतसमक्ष गरेको कागजमा भनेकी छिन्,

 » पुरा समाचार पढ्नुहोस