युवा-विदेशिन-थाले,-काठमाडौंबाट-दैनिक-५०-बढी-श्रम-स्वीकृति

३१ भदौ, काठमाडौं । ६ महिनाअघि लकडाउन सुरु गर्दा अब विदेशबाट ह्वारह्वारी युवाहरु नेपाल फर्कने विश्लेषण हुने गरेको थियो । अहिले दशैंको मुखमा यातायात र कार्यालयहरु खुल्ला हुन थालेपछि विस्तारै युवाहरु विदेशिने क्रम सुरु भएको छ ।

पश्चिम नेपालबाट भारततर्फ जानेहरुको लर्को देखिन थालेको छ भने खाडी मुलुकमा जानका लागि श्रम स्वीकृति गर्नेहरु विस्तारै बढ्न थालेका छन् ।

काठमाडौंको ताहचलस्थित श्रम कार्यालयको तथ्यांक हेर्दा औसतमा दैनिक ४०/४५ जनाले श्रम स्वीकृति लिन थालेका छन् । नयाँ श्रम स्वीकृति लिनेहरु दैनिक ५/७ जना छन् भने वैधानिकता मिलाउनेहरु ५/७ जना छन् । यो सबै जोड्दा दैनिक ५०/५५ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिन थालेका छन् ।

यो तथ्यांक काठमाडौंको मात्र हो । प्रदेश कार्यालयबाट पनि श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ । अहिले प्रदेश १ बाहेक ६ वटै प्रदेशका श्रम कार्यालयहरु खुलिसकेका छन् ।

अरुबेला वैदेशिक रोजगार कार्यालय ताहचल निकै भीडभाड हुने ठाउँ हो । तर,

 » पुरा समाचार पढ्नुहोस