कोरोना-बाहना-हो,-ठेकदारकै-बदमासीले-मल-आएन-:-कृषिमन्त्री-भुसाल

२ असोज, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकदारहरुको बदमासी नै रसायनिक मल अभावको मुख्य कारण भएको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुको प्रश्नको जवाफ दिंदै मन्त्री भुसालले यस्तो धारणा राखेका हुन् ।

साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए ।

‘कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित हुँदैन,’ मन्त्री भुसालले भने । विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुकै कारण समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

टेण्डर गरेर मल आयात गर्न दुई तीन महिनाको समय दिँदा ठेकदार सम्झौता गर्न नआएको,

 » पुरा समाचार पढ्नुहोस