१५७३-जनामा-कोरोना-संक्रमण-पुष्टि,-११-जनाको-मृत्यु

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ छ । उनीहरुमध्ये २२५ जना आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । १० हजार ६९८ जना होम आइसोलेसनमा छन् ।

थप ११ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका तीन,

 » पुरा समाचार पढ्नुहोस