यस्तो-छ-साढे-दुई-करोड-कोरोना-खोप-नेपाल-ल्याउने-सम्झौताको-वास्तविकता

१३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने खबरले मंगलबार एकाएक बजार तात्यो । यस्तो खबर आउनुको कारण हो, रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले गरेको घोषणा ।

आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’

‘स्पुतनिक–भी’ नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो । यो भ्याक्सिन आरडीआईएफको सहयोगमा सञ्चालित गामालेया नेशनल रिसर्च सेन्टरले उत्पादन गर्दैछ ।

बजार हल्ला चलेजस्तै स्पुतनिक–भी नेपाल आउने भएको हो त ?

 » पुरा समाचार पढ्नुहोस