निजी-ल्याबको-प्रतिउत्तर-:-२-हजारमा-पीसीआर-टेष्ट-गर्ने-निर्णय-पुनरावलोकन-गर

१५ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार रुपैयाँमा कोरोना परीक्षण गर्ने निर्णय कार्यान्वयन नगरे पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको भोलिपल्ट निजी प्रयोगशालाहरुले जवाफी पत्र लेखेका छन् । र, शुल्क समायोजन गर्न सरकारलाई नै अल्टिमेटम दिएका छन् ।

२ हजार रुपैयाँमै पीसीआर टेष्ट गर्नुपर्ने निर्णय शनिबारसम्म पुनरावलोकन नगर्ने परीक्षण बन्द गर्ने उनीहरुको चेतावनी छ ।

निजी प्रयोगशाला सञ्चालकहरुको बिहीबार बसेको बैठकले शनिवारसम्म भने सरकारले निर्धारण गरेकै शुल्कमा पीसीआर गर्ने निर्णय गरेको छ ।

बैठकले एकोहोरो निर्देशन दिनुभन्दा छलफल गरेर शुल्क विवाद टुंग्याउन मन्त्रालयलाई अनुरोध गरेको हृयाम्स अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माले बताए । उनकाअनुसार निजी प्रयोगशालाहरुले ३,८९९ रुपैयाँसम्ममा पीसीआर टेष्ट गर्न सकिने समेत बताएका छन् ।

‘हामीलाई महामारीको बेला सरकारसँग पैठेजोरी खेल्नु छैन। तर शनिबारसम्म सरकारले शुल्क समायोजन गरेन भने बाध्य भएर प्रयोगशाला बन्द गर्छौं’ डाक्टर शर्माले भने,

 » पुरा समाचार पढ्नुहोस