उद्योग-वाणिज्य-महासंघको-साधारणसभा-मंसिर-११-र-१२-मा

१५ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि ११ र १२ मंसिरमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।

‘आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रियसभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ’ महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने,

 » पुरा समाचार पढ्नुहोस