प्रदेशसभामा-कांग्रेस-सांसदको-तोडफोड

१९ असोज, बुटवल । प्रदेश ५ को स्थायी राजधानीलाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेशसभामा तोडफोड गरेका छन् ।

प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको प्रस्ताव छ । त्यसबारे छलफलका लागि बोलाइएको प्रदेशसभामा कांग्रेस सांसदहरुले नाराबाजी गरे र संसद बैठक केहीबेरका लागि स्थगित भयो । त्यसअघि बोलेका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमतिका आधारमा राजधानी तोक्नुपर्ने बताएका थिए ।

दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले फरकमतको सम्मान गर्ने तर सभाको कारबाही अगाडि बढाउने बताए ।

प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई समय दिए । नाराबाजी गरिरहेका विपक्षी सांसदहरु मन्त्री घर्तीको बाटो छेक्न रोष्टम छेउ गए । उनीहरु मन्त्री केसीलाई रोष्टममा पुग्नबाट रोक्न चाहन्थे ।


मन्त्री अगाडि बढ्न खोज्दा प्रस्तावको कागज खासाखोस समेत भयो । तर,

 » पुरा समाचार पढ्नुहोस