दसैंको-मुखमा-तरकारी-छोइनसक्नु

२४ असोज, काठमाडौं । दसैं नजिकिएसँगै तरकारीको मूल्य उच्च दरमा बढ्न थालेको छ । गाजरबाहेक सबैजसो तरकारीको भाऊ बढेको छ । इस्कुसबाहेक प्रायः सबै तरकारीको मूल्य ‘थ्री डिजिट’ मा बढेको छ ।

कालिमाटी तरकारी बजारको थोक मूल्यलाई आधार मान्दा खुद्रा बजारमा प्रायः सबैजसो तरकारी प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरे बताउँछन् ।

यो वर्ष लकडाउनका कारण कृषकमा परेको मनोवैज्ञानिक त्रासको असर उत्पादनमा पनि परेको घिमिरेको तर्क छ ।

लकडाउनमा नेपाली तरकारीको उत्पादन नभएको र भारतबाट आएकाले महंगो भएको व्यवसायीहरुले तर्क गरे पनि चाडबाडका बेला मनोमानी भाऊ बढाइएको हुन सक्ने उपभोक्ताको गुनासो छ ।

अझै एक महिना तरकारीको मूल्य घट्ने अवस्था नरहेको बताउँदै घिमिरे भन्छन् ‘दशैंअघि मूल्य घट्ने अवस्था छैन,

 » पुरा समाचार पढ्नुहोस