२७ असोज, काठमाडौं । नेपालमा आफ्नो बिक्रीको पदचिहृन विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ ।
नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरसीपका बिक्री कक्षहरूको उद्घाटनको घोषणा गरेको छ । यो घोषणा कार्यक्रम अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको हो ।
भर्चुअल रुपमा आयोजित बजार प्रवेश कार्यक्रमलाई सञ्जय गुप्ता र सागरिक श्रेष्ठले सञ्चालन गरेका थिए भने अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलहरुकौ अनावरण गरे ।
जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य रु ६ लाख ४८ हजार ५०० तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य रु ६ लाख ७६ हजार ५ सय तोकिएको छ,