सेनाध्यक्ष-नरभानेको-नेपाल-भ्रमण-:-सीमा-विवादमा-दिल्लीलाई-बुझ्ने-अवसर

२८ असोज, काठमाडौं । सीमा विवादका कारण दुई देशको सम्बन्धमा एक वर्षदेखि चिसोपन आइरहेको समयमा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने कात्तिक महिनामा नेपाल भ्रमणमा आउने तय भएको छ ।

भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिनका लागि नेपाल आउने लागेका हुन्, जुन एउटा नियमित भ्रमण नै हो । सेना प्रमुखको पदभार सम्हाले लगत्तै एक अर्काको मुलुकको भ्रमण गरेर मानार्थ महारथीको उपाधि दिने सन् १९५० देखिकै पुरानो प्रचलनको निरन्तरता हो ।

तर दुई देशबीचको सम्बन्ध विग्रिएका वेला भने यो सम्मान दिइएको छैन । अहिले सीमा सम्बन्धी वार्ता सुरु हुन नसकिरहेको वेला नरभानेको भ्रमण हुन लागेकाले यसलाई ‘अर्थपूर्ण’ रूपमा हेरिएको छ ।

गत वर्ष नोभेम्बरमा दुई देशबीचमा सीमा विवाद उत्पन्न भएपछिको यो पहिलो उच्च तहको भ्रमण पनि हो ।

गत नोभेम्बरमा भारतले नेपाली भूमि लिपुलेक,

 » पुरा समाचार पढ्नुहोस