१८ कात्तिक, काठमाडौं । विश्वको शक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी उम्मेदवार जो बाइडनको बीचमा प्रतिस्पर्धा हुँदैछ ।
चार वर्षको कार्यकाल पूरा गरेका ट्रम्प अमेरिकालाई पुनः महान बनाउन आफूलाई जिताउनुपर्ने दाबी गरिरहेका छन् भने विपक्षी उम्मेदवार बाइडन ट्रम्प पछिल्लो चार वर्षमा गरेका कामले उनलाई थप चार वर्ष राष्ट्रपति दिन नसकिने बताउँदै आएका छन् ।
मंगलबारको निर्वाचनले उनीहरुमध्ये को सही हो भन्ने कुराको निर्क्योल गर्नेछ । जसका लागि यो निर्वाचनमा उठेका केही मुद्दाको आधारमा मतदाताहरुले आफ्नो आगामी नेता छनोट गर्नेछन् ।
यो निर्वाचनको क्रममा के–के मुद्दाहरु उठेका छन् त ?