रोमाको-फराकिलो-जित,-एसी-मिलान-पराजित

२१ कात्तिक, काठमाडौं । यस सिजन इटालियन सिरी ए मा उत्कृष्ट प्रदर्शन गरिरहेको एसी मिलान युरोपा लिगमा फ्रेन्च क्लब लिलेसंग पराजित भएको छ ।

समूह एच अन्तर्गतको खेलमा लिलेले मिलानलाई ३-० ले पराजित गरेको हो । लिलेका लागि युसुफ याजिसीले ह्याट्रिक गरे । २२औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका युसुफले ५५औं र ५८औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

मिलानलाई पराजित गर्दै दोस्रो जित हात पारेको लिले ३ खेलबाट ७ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा उक्लेको छ । लिले अपराजित यात्रा कायम राख्दा मिलानले भने पहिलो हार बेहोरेको हो । मिलान हारपछि ६ अंकसहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा सेल्टिकलाई ४-१ ले पराजित गर्दै स्पार्टा प्रागले पहिलो जित हात पारेको छ र ३ अंक जोड्दै तेस्रो स्थानमा छ ।

मिलान पराजित हुँदा अन्य दुई इटालियन लब रोमा र नापोली भने विजयी भएका छन् ।

रोमाले समूह ए अन्तर्गत खेलमा सिएफआर क्लुजलाई ५-० को फराकिलो अन्तरले हरायो । रोमाका लागि बोया मोयारलले दुई तथा हेनरिख मिख्यातरन,

 » पुरा समाचार पढ्नुहोस