२७ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमान्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना पोजेटिभ एवं निमोनिया भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत छन् । राष्ट्रिय जनमोर्चाले उपचार खर्चका लागि सहयोगदाताहरुलाई आह्वान गरेको छ । तर, केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका छोराले आपत्ति जनाएका छन् ।
वयोवृद्ध नेता केसीका दुई भाइ छोरामध्ये सचित्र केसी र विष्णु केसी दुवै जापानमा छन् । उनैमध्ये जेठा छोरा सचित्रले ‘बुबाको अवस्था सामान्य रहेको’ भन्दै ‘पैसा उठाउने बाहनामा नफस्न’ फेसबुकमा स्टाटस लेखेपछि यतिबेला राष्ट्रिय जनमोर्चाभित्र हल्लीखल्ली मच्चिएको छ ।
केसीका जेठा छोरा सचित्रले फेसबुकमा बुबाआमाको समेत तस्वीर राखेर यस्तो लेखेका छन्,