एयरलाइन्समा-तीन-जहाज-अनिवार्य,-मर्जर-र-एक्वीजिसनको-पनि-सुविधा

२० माघ, काठमाडौं । अब वायुसेवा कम्पनी एक आपसमा गाभिन र प्राप्ति (मर्जर र एक्वीजिसन)मा जान सक्ने भएका छन् । त्यसका लागि सरकारले समेत प्रोत्साहन समेत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक वायुसेवा कम्पनीले समेत मर्जरमा जान सक्ने गरी प्रावधान ल्याउन लागेको छ । मन्त्रालयले राष्ट्रिय हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ ।

मस्यौदामा पहिलो पटक वायुसेवा कम्पनीसमेत गाभिएर बलियो कम्पनी बन्न सक्ने प्रावधान आएको छ । ‘अस्वस्थ प्रतिस्पर्धाका कारणबाट वायुसेवा संस्थालाई पलायन हुन नदिई क्षमता तथा पूँजी लगानीको आधारमा दीगो सञ्चालन सुनिश्चित गर्न वायुसेवा कम्पनी पनि एक आपसमा गाभिने र प्राप्ती गर्ने क्रियाकलापलाई प्रोत्साहन गरिने छ’,

 » पुरा समाचार पढ्नुहोस