दोहारो-अंकले-बढ्यो-नेप्से-परिसूचक,-साढे-४-अर्ब-बढीको-सेयर-कारोबार

३ मंसिर, काठमाडौं । तिहार बिदा पछि पहिलो दिन खुलेको सेयर बजारमा उल्लास देखिएको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । मंगलबार साढे ४ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

नेप्से परिसूचक २३ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ४१ दशमलव ८१ अंकमा पुगेको छ । नेप्से परिसूचक बढ्दा क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२४ प्रतिशत अर्थात ०.८० अंकले घटेको छ ।

दिनभर भएका ४३ हजार ६ सय ७३ कारोबारबाट १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार मंगलबार ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा कारोबार हुने ३ उपसमूहहरु बाहेक सबै उकालो लागेका छन् । बैंकिङ उपसमूह १.२८ अंकले,

 » पुरा समाचार पढ्नुहोस