चीनसँगका-सम्झौता-कार्यान्वयन-प्रक्रियामा-छ-:-प्रधानमन्त्री

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् ।

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री फेङ्हेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराएका छन् ।

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्रीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार,  

 » पुरा समाचार पढ्नुहोस