१७ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डाकिएको थियो । तर, प्रधानमन्त्री ओली बैठकमा आएनन् । ओलीको अनुपस्थितिमा ८ भाइ नेताहरुले २० मिनेटजति छलफल गरे । र, मंसिर २० सम्मका लागि बैठक स्थगन गरियो ।
बैठक सुरु हुनै लाग्दा कार्यकारी अध्यक्ष र महासचिवले बाहिर निस्केर केहीबेर खासखुस गरे । त्यसपछि ईश्वर पोखरेललाई पनि बोलाइयो ।
खासखुस सकेर बैठक कक्षमा प्रवेश गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले भने,