२३ मंसिर, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । सर्वोच्च शिखरको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।
नेपाल र चीनले मंगलबार संयुक्तरुपमा भर्चुअल कार्यक्रममार्फत नयाँ उचाइ घोषणा गरेका हुन् । यो घोषणापछि साढे ६ दशकदेखि सर्वाधिक प्रयोग हुँदै आएको अंक ‘८८४८ मिटर’ अब इतिहास भएको छ ।
एकाएक सगरमाथाको उचाइ नाप्ने सोच कसरी आयो त ?