एमसीसीमा-भीम-रावलको-प्रश्न-:-भारतसँग-जोड्ने-प्रशारणलाइन-उत्तरतिर-किन-?

२१ माघ, काठमाडौं । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका सन्दर्भमा सुरुदेखि प्रश्न उठाउने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हुन्, भीम रावल ।

एमसीसी सम्झौताबारे नेता रावलको भूमिका केही दिनदेखि फेरिएको छ । अर्थात, यहि माघ १९ गते सम्पन्न नेकपाको केन्द्रीय कमिटीको बैठकले नेता रावलसहित तीन जनालाई ‘एमसीसी इण्डोपेसिफिक रणनीतिको अंग भए–नभएको विषयमा अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलमा रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन् । सुरुदेखि रावल एमसीसी सम्झौता सच्याउनुपर्नेमा अडिग छन भने ज्ञवाली पास गरेर जाने पक्षमा ।

मंगलबार गुल्मीबाट परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसीलाई अतिरञ्जित र प्रायोजित बनाइएको गुनासो गरिरहेका बेला काठमाडौंबाट नेता रावलले ‘यथास्थितिमा एमसीसी स्वीकार गर्ने सोच्न पनि नसकिने’ बताएका छन् । भूमिका फेरिँदैमा आफ्नो धारणा नफेरिने रावलको अभिव्यक्ति छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाको कार्यक्रममा नेता रावलले एमसीसीले छनोट गरेका परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनहरू पढ्न नपाएको गुनासो गरे । ‘कार्यदलको सदस्यको हैसियतले अब त्यो पढ्न पाउनुपर्छ भन्ने मेरो माग हुनेछ,

 » पुरा समाचार पढ्नुहोस