काठमाडौं । स्टेजमा दर्शकलाई हँसाएर मनोरञ्जन दिने कलाकारहरुको व्यक्तिगत जीवन सँधै हाँसोमय नहुन सक्छ । आफूभित्रका पिर-व्यथाहरुलाई लुकाएर अरुलाई हँसाउनु उनीहरुको पेशागत दायित्व हो । मनोज गजुरेल यस्तै एक कलाकार हुन्, जसले लामो समय आफ्नो मानसिक तनावलाई लुकाएर दर्शकलाई मनोरञ्जन गराइरहे ।
करिब तीन वर्षअगाडि अचानक मनोजले पत्नी मिना ढकालसँग डिभोर्स गरेको समाचार सार्वजनिक भयो । उनका प्रशंसक र शुभचिन्तकहरुका लागि यो विल्कुल अप्रत्याशित खबर थियो । तथापि,