पारस-खड्का-टीम-अबुधाबीको-इमर्जिङ-ट्यालेन्ट-मेन्टर-नियुक्त

नेपाली अलराउण्डर पारस खड्का टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएका छन् । टी१० लिग क्लब टीम अबुधाबीले अलराउण्डर पारसलाई नयाँ सिजनको लागि मेन्टर नियुक्त गरेको हो ।

अब हुने टी१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ

गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए । पारसले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन् ।

 » पुरा समाचार पढ्नुहोस