१२ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा सत्ता समीकरणको खेल रोचक बनेको छ । ०७४ फागुन ३ गते दुई तिहाई बहुमतसहित सत्तारोहण गरेका मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय पाएका छन् । र, उनले यसको सामना गर्ने बताएका छन् ।
नेकपा विभाजनपछि ओली समूहमा लागेका मुख्यमन्त्री राईविरुद्ध आइतबार प्रचण्ड–माधव समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । यो समूहले राईको विकल्पमा भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।
कुल ९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ सदस्य छन् । नेकपा विभाजनपछि ओली समूहमा २० जना खुलेका छन् । प्रचण्ड– माधव समूहमा ४७ जना छन् । तर,