संसद-विघटनबारे-‘एमिकस-क्युरी’-मा-ओली-पक्ष-हावी-?

१७ पुस, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको शुक्रबार बसेको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी ‘एमिकस क्युरी’मा वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारीलाई पठाउने निर्णय गर्‍यो ।

केन्द्रीय नेपाल बार एसोसिएसनले भने वरिष्ठ अधिवक्तात्रय बद्रीबहादु कार्की, सतीसकृष्ण खरेल र विजयकान्त मैनालीलाई पठाउने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यो निर्णयविरुद्ध परेका १२ वटा रिटमाथि सुुनवाई गर्दै प्रधानन्यायाधीश चोलेन्ऽशमशेर जबरासहित पाँचजना न्यायाधीशको संवैधानिक इजलासले अदालतको सहयोगका लागि एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा गम्भीर प्रश्न उठेपछि न्यायाधीशहरू हरिकृष्ण कार्की,

 » पुरा समाचार पढ्नुहोस