२३ माघ, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेको विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गरेका छन् ।
अख्तियारले बुधबार मात्र गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेको थियो । राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको छ ।
तर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले भने यो मुद्दामा कुनै पूर्वाग्रह नराखिएको बताए । ‘यहाँ लाल फित्ताधारी र स्वेत फित्ताधारीको व्यवहार भएको छैन । यो कानुन प्रयोजनको कुरा हो’ उनले भने ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटोले भने,