प्रदेश-१-मा-ओली-र-प्रचण्ड-माधव-समूहको-बेग्लाबेग्लै-रणनीति

६ पुस, बिराटनगर । प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपाका दुई समूहले एक-अर्कालाई निषेध गर्ने निर्णय गरेसँगै बैठक अवरुद्ध हुने सम्भावना बढेको हो ।

यद्यपि, अवरोधलाई चिर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बुधबारदेखि सुरु हुने प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको छ ।

मंगलबार नै बसेको ओली समूहको संसदीय दलको अनौपचारिक बैठकले प्रचण्ड-माधव समूहका १६ सांसदलाई संसदीय गतिविधि गर्न नदिने निर्णय गरेको छ ।

‘बहुमत सदस्यले मुख्यमन्त्रीलाई दलको नेताबाट हटाएकाले मुख्यमन्त्रीले बुधबार दलको नेताको हैसियतमा प्रदेशसभामा सम्वोधन गर्न नपाउने प्रचण्ड-माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘मुख्यमन्त्रीले दलको नेताको हैसियतमा बोल्न पाउनुहुन्न,’ उनले भने ‘दलको नेताको हैसियतमा भीम आचार्यले बोल्नुहुन्छ ।’

मंगलबार बसेको बैठकले मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको प्रस्तावलाई पास गराउन सबै प्रतिपक्षीदलसँग सहकार्यका लागि छलफल अगाडि बढाउने निर्णयसमेत गरेको उनले बताए ।

अर्कोतर्फ निलम्वनमा परेका सदस्यलाई संसदीय गतिविधिमा सहभागी हुन नदिने ओली समूहले बताउँदै आएको छ । आफ्ना सांसदलाई अवरोध गर्न खोजिए संगठित रुपमा प्रतिवाद गर्ने आचार्यले बताए ।

ओली पक्ष भन्छ- प्रवेश गरे बैठक रोक्छौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले प्रचण्ड-माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई संसद बैठकमै प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

ओली समूहले भीम आचार्य,

 » पुरा समाचार पढ्नुहोस