९ माघ, काठमाडौं । माघ महिनाको पहिलो साता समग्रमा सेयर बजार उकालो लागेको छ । सेयर कारोबार सार्वजनिक बिदा बाहेक सातामा ५ दिन खुला रहन्छ । माघको पहिलो साता पाँचै दिन कारोबार भएको छ ।
पाँच दिनको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक ५३ अंकले वृद्धि भएको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ३ सय १५ अंक रहेको थियो । सोमबार परिसूचक बढेर २ हजार ३ सय ३२ दशमलव ४७ अंकमा पुग्यो । तर मंगलबार भने सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ३ सय २६ दशमलव ९० अंकमा झर्यो ।
बुधबार भने पुनः बजार बढेर २ हजार ३ सय ४२ दशमलव ७७ अंकमा उक्लियो । यो क्रम साताको अन्तिम कारोबार बिहीबार पनि जारी नै रहृयो । बिहीबार नेप्से परिसूचक बढेर २ हजार ३ सय ६८ दशमलव २१ अंकमा पुगेर रोकिएको छ ।
सबै समूहमा चम्किँदा बैंकिङ भने घट्यो
नेप्सेमा कारोबार हुने १२ समूहमध्ये अधिकांशको सब-इन्डेक्स (समूहगत परिसूचक) उकालो लागेका छन् । लघुवित्त,