आफैंलाई-‘ज्यान-मुद्दा’बाट-बचाउने-कानुनविदमाथि-ओलीको-दुर्वचन

९ माघ, काठमाडौं । घृणात्मक अभिव्यक्तिमा अग्रसर देखिँदै आएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा भइरहेको संसद विघटनसम्बन्धी बहसलाई ‘तमासा’को संज्ञासमेत दिएका छन् ।

विसं २०१४ सालमा अधिवक्ताको पहिलो लाइसेन्स लिने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा ‘बाजे’ भन्दै अपमान गरेका हुन् । उनलाई अदालतमा ‘तमासा देखाउन लगिएको’ समेत प्रधानमन्त्री ओलीले बताए ।

‘संसद पुनस्र्थापना गर्ने कुनै ठाउँ संविधानमा छैन । वकिलहरुले कुरा फिट्या फिट्यै छन् कोही वकिलहरुले,’ प्रधानमन्त्रीले भने,

 » पुरा समाचार पढ्नुहोस