‘यो-इजलासले-अर्को-प्रधानमन्त्री-खोज्ने-होइन’

१२ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा सोमबार दुईजनाले मात्रै बहस गरे । आइतबार बहस गरेका अधिवक्ता मेघनाथ पोखरेलले सोमबार दुई घण्टा समय लिए । उनीपछि आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले करिब डेढ घण्टा बहस गरे । थापाको बहस नसकिएपछि मंगलबारका लागि सारिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बारम्बार सोध्ने प्रश्न हो– बहुमतको प्रधानमन्त्री कायम रहेको अवस्थामा संसदमा अर्को सरकार कसरी बन्न सक्छ ?

 » पुरा समाचार पढ्नुहोस