सत्तारुढ-नेकपाको-सभा-:-खाजा-र-दुई-सय-भत्ता-!

१३ माघ, सप्तरी । दिउँसोको २ बजे । सप्तरी सदरमुकाम राजविराजमा घाम लागेको थिएन । कुहिरोले डम्म ढाकेको अवस्थामा स्थानीय राज रंगशालामा व्यक्तिको चहल-पहल ठूलै थियो । कति शान्त भएर बसेका थिए भने कतिपय मानिसहरु यता-उता ओहोर-दोहोर गरिरहेका थिए । चिसो हावा बगिरहँदा कतिजना कठ्यांगि्ररहेका थिए ।

यही रंगशालामा थिए सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ नकटीरायपुरका भोला सदा ।  भीडभन्दा अलि पर अञ्दाजी ५० बर्षका देखिने उनी तीनजना महिलासँग बसिरहेका थिए ।

चिसो हावा बढ्दै गएपछि उनले आफ्नो साथमा ल्याएको धोती महिलाको सहयोगमा पट्याउन थाले । पुरानो धोती पट्याएर ओढे । तैपनि उनको शरीर थर्र..थर्र..

 » पुरा समाचार पढ्नुहोस