१५ माघ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ १३औं पटकको धरपकडपछि आइतबार छुटे । अधिकांशमा मुद्दामा साधारण तारेख र केहीमा धरौटी बुझाएर छुटेका उनलाई प्रहरीले चितवनको पुरानो मेडिकल कलेजको आकस्मिक कक्षबाट समातेको थियो ।
केही समयदेखि घरमै आराम गरिरहेका विरही रत्ननगरस्थित घरमा भर्याङबाट लडेपछि अस्पताल भर्ना गरिएका थिए । त्यहीँबाट समातिएका उनलाई प्रहरीले विभिन्न मुद्दामा १३ जिल्ला घुमाएको छ ।
कतिसम्म भने विरही जिल्ला प्रहरी प्रहरी कार्यालय,