निर्वाचन-आयोगलाई-१९-पन्ने-निवेदन-:-वैधानिकता-पाउने-प्रचण्ड–माधव-समूहको-दाबी

२० माघ, काठमाडौं । प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निर्वाचन आयोगमक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गरेको छ । तर, उसको मागचाहिँ केपी ओलीलाई पार्टीबाट हटाइएको यसअघिको निर्णयलाई नै आयोगले दर्ता किताबमा अद्यावधिक गर्नुपर्ने रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने बहुमत केन्द्रीय सदस्यको निर्णयअनुसार दल दर्ता किताबको विवरण अध्यावधिक गर्न आयोगले अस्वीकार गरेपछि प्रचण्ड–माधव समूहले मंगलबार ऐनको दफा ४३ र ४४ अनुसार नेकपाको आधिकारिकता दाबी गरेको हो ।

दाबी पेश गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र नेपालसहितका नेताहरु १९ पृष्ठ लामो निवेदन बोकेर मंगलबार निर्वाचन आयोगसमक्ष पुगेका थिए ।

आयोगमा मंगलबार दर्ता भएको निवेदनको शीर्षकमा ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ तथा ४४ अन्तरगत विवादको निरुपण गरीपाउँ’ भनिए पनि आयोगले आफ्नो पहिलेको गल्ती सच्याउँदै पुरानो विवरण अद्यावधिक गर्नुपर्ने प्रचण्ड–माधव समूहको माग छ ।

निर्वाचन आयोगमाथि प्रश्नै प्रश्न

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा मंगलबार बुझाएको दाबी पत्रमा आफूहरु आधिकारिक रहेको मात्र भनिएको छैन,

 » पुरा समाचार पढ्नुहोस