ए-डिभिजन-फुटसल-लिग गर्न-एन्फा-र-टर्नपाइकबीच-सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।

एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो ।

एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि फुटसल लिगको व्यस्थापन अब टर्नपाइकले गर्नेछ ।

यस्तै सम्झौताअनुसार टर्नपाइकले फुटसल लिग व्यस्थापन र प्रबन्ध गर्न एन्फालाई २९ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

एन्फाले यसअघि नै वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा फुटसल लिग आयोजना गर्ने जनाएको थियो । आइतबार फुटसल कमिटीले यसको आधिकारिक रुपमा घोषणा गरेको हो ।

फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने एन्फा फुटसल कमिटीले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश १ र गण्डकी प्रदेशबाट २-२ टिम सहभागी हुने छन् । यस्तै प्रदेश २ बाट एक टिम र लुम्बिनी, 

 » पुरा समाचार पढ्नुहोस