ओली-समूहमा-खटपट,-बादल-समूहद्वारा-युवा-भेला-बहिष्कार

२६ माघ, काठमाडौं । निर्वाचन आयोगमा वैधानिकता विवाद चलिरहेकै बेला छुट्टै संगठन संरचना तयार गरिरहेको नेकपा ओली समूहमा खटपट शुरु भएको छ ।

नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेला रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका छन् ।

नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ जना रहेको नेता सबित ढुंगानाले बताए । ‘निषेध गरेर जान खोजिएपछि हामी भेलामै गएनौं । त्यो भेला गुटको हो भन्ने उहाँहरुले प्रमाणित गर्नुभयो’ ढुंगानाले भने ।

बादल निकट वीरु तामाङको नेतृत्वमा भेला बहिष्कार गरिएको छ । तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए भने ढुंगाना सचिव थिए । ‘३३५ जनाको कमिटीमा ८१ जनाले गरेको निर्णय अवैध हो । एक तिहाइले नयाँ नेतृत्व चयन गर्ने भन्ने नै हुँदैन’,

 » पुरा समाचार पढ्नुहोस