२४ माघ, काठमाडौं । कल्पना गर्नुस्, तपाईँ कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको चीनको वुहानस्थित कुनै एक घरमा १५ दिनदेखि थुनिरहनु भएको छ । भएको खानेकुरा सक्किँदैछ, बाहिरको हावा समेत घरभित्र छिर्न निषेध छ । मोबाइल हेर्यो कि मृत्युको समाचार पढिरहनुपर्छ । आफ्नो देशमा रहेका आफन्तहरुलाई सुनाउन पनि ‘डर’ बाहेक अरु समाचार छैन ।
संगै बसेका अरू देशका साथीहरुलाई उद्दार गरिसक्दा पनि तपाईँको देशले भने ‘तयारी गरिरहेका छौँ’ भनेर आश्वासन मात्र दिइरहेन्छ । अझ आफ्नै देशमा कतिपयले त ‘खबरदार यता आउलास्… भन्ने झै टीकाटिप्पणी गरेको सुन्दा कस्तो महसुस हुन्छ ?