काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा जित हात पारेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शनिबार भएको खेलमा एपएफले चितवन टाइग्रेसमाथि २५–११, २५–११ र २५–१८ को सोझो सेटमा पराजित गर्दै सफलता हात पारेको हो । यससँगै एपिएफले १० खेलबाट २९ अंक जोडेर शीर्षस्थानलाई यथावत राख्न सफल भएको छ ।
यस्तै दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट २५–२० र २५–१७ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट १७–२५ ले गुमाएको थियो । तर,