निर्वाणको-प्रश्न-फ्रि-भ्वाइस-र-आधा-सस्तो-डाटा-दिने-कम्पनीलाई-किन-रोक्दैछ-सरकार-?

२६ माघ, काठमाडौं । सीजी टेलिकमले आफूलो आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाउनका लागि सबै प्रक्रिया पुरा गरेको दावी गरेको छ । चौधरी ग्रुप प्रवर्द्धित सिजी टेलिकमले ३ वर्षअघि नै प्रक्रिया पुरा गर्दा पनि सरकारले लाइसेन्स दिन गरेको गुनासो गरेको छ ।

आइतबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीजी टेलिकमले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गत बिहीबार पत्रकार सम्मेलनमा २० अर्ब तिरे सीजीले लाइसेन्स पाउने भनी दिएको अभिव्यक्ति पनि नियोजित वा भ्रम हुनसक्ने बताएको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भ्वाइस निःशुल्क गर्ने र डाटा सेवाको मूल्य अहिलेको भन्दा आधा घटाउने योजनाका साथ आउन लागेका कम्पनीलाई रोक्दा उपभोक्ताले पाउन सक्ने लाभ छिनिएको बताए । उनले सरकारलाई के कारण सीजीलाई आधारभूत टेलिफा्न सेवामा आउन रोकिएको हो भन्ने जवाफ सरकारले दिनुपर्ने बताए ।

चौधरीले सरकारले लाइसेन्सका लागि राखेका पूर्वशर्त पनि सबै पुरा गरेको र तिर्नुपर्ने बक्यौता पनि एक रुपैयाँ बाँकी नरहेको दावी गरे ।

‘अरु कम्पनीले यस्तो बक्यौता तिर्न सकेका छैनन,

 » पुरा समाचार पढ्नुहोस