२८ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालभरि दोषी पत्ता लाग्न नसकेको निर्मला पन्त हत्या प्रकरणमा नयाँ बहस सिर्जना गरेर खनाल संगठनबाट बाहिरिएका छन् ।
वर्ष दिनसम्म दोषी पत्ता लाग्न नसकेको यो घटनामा नेपाल प्रहरी एक वर्षसम्म फुर्सदमा बस्यो । तर, आइजीपीबाट खनालको बहिर्गमन हुने बेलामा हतार–हतार एउटा पुनरावलोकन समिति गठन गरियो र डीआईजी धीरु बस्न्यातको छानविन प्रतिवेदनलाई खारेज गर्ने सिफारिस गरियो ।
डीआईजी सुरज केसीको अध्यक्षतामा माघ १९ गते एक पुनरावलोकन समिति गठन भएको थियो । समितिमा एसएसपी दीपक थापा,