उपहार-गोलमा-मछिन्द्र-च्याम्पियन,-आर्मी-अभागी

३ फागुन, काठमाडौं । सायदै कसैले सोचेको थियो होला यस्तो होला भनेर तर फुटबलमा नसोचेकै हुन्छ । मछिन्द्र क्लबले शनिबार पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्दा फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हरायो । स्कोर थियो १-० ।

तर मछिन्द्रका खेलाडीले गोल गरेका थिएनन् । आर्मीकै खेलाडीले गोल गरे आफ्नै पोष्टमा । अनि मछिन्द्र भाग्यमानी बन्यो ।

दशरथ रंगशालमा करिब १० हजार दर्शकको अगाडि खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरे । मछिन्द्रका रन्जित धिमालले हानेको फ्रिकिकमा तामाङले हेडर गरेको बल आफ्नै पोष्टमा गोल हुन पुग्यो ।’दुर्भाग्यवश गोल भयो,

 » पुरा समाचार पढ्नुहोस