असारमा-मेलम्चीको-पानी-:-झुटको-निरन्तरता-!

४ फागुन, काठमाडौं । २०७५ साले दशैंको भाका टरेपछि प्रधानमन्त्री केपी शर्मा ओली भनिरहन्थे, नयाँवर्ष २०७६ मा मेलम्चीको पानी काठमाडौं ।’ तर पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आफूलाई गुमराहमा राखिएको चाल पाए र प्रधानमन्त्री ओली नयाँ वर्षको भाकाबारे मौन बसे ।

भुक्तानी विवादमा सीएमसी २०७५ पुसमा काम छाडेर हिँडेपछि ९ महिना आयोजना रोकियो । गत असोजमा ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम थालेपछि खानेपानी मन्त्रालयले मेलम्चीको पानी सुन्दरीजल झार्ने नयाँ म्याद तोकेको छ- २०७७ असार । खानेपानीमन्त्री विना मगरले बिहीबार पत्रकार सम्मेलन गरेर मेलम्ची आयोजनाको काम तोकिएकै समयमा सकिने बताएकी छन् ।

तर नयाँ भाका असारमा मेलम्चीको काम पूरा होला त ?

 » पुरा समाचार पढ्नुहोस